इन्भेष्टमेण्ट एण्ड फाइनान्स तथा एभरेष्ट फाइनान्स एकआपसमा गाभिने सहमति

इन्भेष्टमेण्ट एण्ड फाइनान्स तथा एभरेष्ट फाइनान्स एकआपसमा गाभिने भएका छन् । आइतवार दुवै संस्थाबीच एकआपसमा गाभ्ने तथा गाभिने (मर्जर) सम्बन्धी भएको हो । यी दुई कम्पनी गाभिए पश्चात बन्ने नयाँ कम्पनीको चुक्ता पुंजी ३५ करोड ७५ लाख रुपैयाँ पुग्नेछ ।सहमति पत्रमा श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सका तर्फबाट संस्थाका अध्यक्ष रवीन्द्रराज पाण्डे र एभरेष्ट फाइनान्सका तर्फबाट संस्थाका अध्यक्ष डा. गोविन्दबल्लभ भट्टले हस्ताक्षर गरेका छन। नेपाल राष्ट्रबैंकले तोकेको चुक्ता पुंजी वृद्धि गर्ने योजना अनुरुप वित्तीय संस्थाहरु मर्जरमा जाने क्रमलाइ यी दुई फाइनान्सले पनि निरन्तरता दिएका हुन् । २०५१ सालबाट कारोबार सन्चालन गरेको काठमाण्डौमा केन्द्रीय कार्यालय रहेको श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स तथा रूपन्देहीमा प्रधान कार्यालय रहेको एभरेष्ट फाइनान्स मर्जरमा गएपछि बन्ने कम्पनीको चुक्ता पुंजी ३५ करोड ७५ लाख रुपैयाँ पुग्नेछ।
तपाइँको प्रतिक्रिया