इलाका प्रहरी कार्यलय नवलपुरले सचेतना मुलक कार्यहरु सुरु

नेपालिहरुको महान चाड पर्व सुरु भए संगै विभिन्न किसिमका सामाजिक विकृति तथा अपराधिक कार्यहरु बढ्ने हुदा इलाका प्रहरी कार्यलय नवलपुरले सचेतना मुलक कार्यहरु सुरु गरेको छ । चाडपर्वको समयमा चोरी तथा अमानविय घटना घट्न नदिन प्रहरीहरुले सचेतना पम्प्लेटहरु नवलपुर क्षेत्रका हरेक व्यवशाइक संघ संस्थामा वितरण गदै जनचेतना प्रदान गरि रहेको छ । चाड पर्वको समयमा कुनै किसिमको घटना नघटोस भन्नका निम्ति नवलपुर क्षेत्रका होटल लज तथा रेष्टुरेण्टहरु बेलुका ९ बजे देखि बन्द गर्न पनि आग्रह गरेको छ । त्यस्तै स्थानिय प्रशाशनको अनुमति विना कुनै पनि किसिमको उपहार चिट्ठा , चन्दा लगाएतका सहयोग उठाउन नपाईने वताएको छ । त्यस्तै सवारिसाधनमा पनि क्षमता भन्दा बढि मानिसहरु नउठाउन आग्रह गरेको इलाका प्रहरी कार्यलय नवलपुरका प्रमुख प्रशुराम तिवारीले बताउनुभयो ।
तपाइँको प्रतिक्रिया