इलाका प्र्रशासन कार्यालय कावासोतिका प्रमुख लुक बाहादुर क्षेत्रीद्वारा पेट्रोलियम पदार्थको लागि छिटो भन्दा छिटो सम्बन्धीत निकायमा पहल गर्ने आश्वासन

भारतिय नाकावन्दीका कारण नवलपरासी, चितवन र रुपन्देही सहीत देशैभर पेट्रोलियम पदार्थको अभाव भए सगै आज चितवन पेट्रोलियम डिलर्स एसोसियसन भरतपुरका पेट्रोल व्यवसायीहरुको इलाका प्रशासन कार्यालयमा डेलिकेशन गएको छ । भाद्र तिस गते देखि नवलपरासी सहित चितवनका पेट्रोल पम्पहरु बन्द भएका छन ।
पेट्रोलिय पदार्थको अभाव भए सगै विभिन्न पक्षलाइ ठुलो प्रभाव पारेको छ । अति महत्वपुर्ण एम्बुलेन्स, स्कुलका सवारी साधनहरु, लामो रुटका सवारी साधनहरु प्रत्यक्ष मारमा परेका छन ।
इलाका प्रशासन कार्यालय कावासोतिले नेपाल आयल निगम भलवाडी रुपन्देही, र विरगज अमलेख गन्जमा अतिआवश्यक पेट्रोलियम पदार्थ सहज आपुर्तिको लागी पहल गर्ने जनाएको छ । इलाका प्र्रशासन कार्यालय कावासोतिका प्रमुख लुक बाहादुर क्षेत्रीले छिटो भन्दा छिटो सम्बन्धीत निकायमा पहल गर्ने आश्वासन दिनुभएको छ ।
तपाइँको प्रतिक्रिया