उखुको जुस बेचेरै मासिक ४५ हजार भन्दा बढीको आम्दानि गर्दै कावासोतिका बृद्धहरु

सावित्री रेग्मी,
नवलपरासी,२९ जेठ,
गर्मि वढे संगै वजारमा विभिन्न किसीमका चिसो जुस तथा पेय पदार्थको ब्यापार ह्वात्तै वढेको छ । वर्षातको समय शुरु भए संगै बढेको गर्मिका कारण चिसो तथा जुसहरुको ब्यापार बढेको पाईन्छ । अन्य चिसो भन्दा पनि वजारमा उखुको जुस को ब्यापार वढी हुने गरेको छ । अन्य जुसको तुलनामा उखुको जुसले स्वाथ्यलाई निकै फाईदा पुर्याउने भएकाले पनि यो समयमा उखुको जुस वढी विक्रि हुने गरेको ब्यवसायिहरु वताउंछन । यसरी उखुको जुस विक्रि गरेर पछिल्लो समय कावासोतिको फलफुल चोकमा ब्यवसायिहरुले राम्रो आम्दानि गर्न सफल भएका छन ।बृद्ध अवस्था भएपनि शरिरलाई स्वास्थ्य राखनका लागी आवश्यक ब्याएम पनि हुने साथै आफुहरुलाई आवश्यक पर्ने २,४ पैसा पनि आम्दानि गर्न सकिने भएकाले यो ब्यवसाय सुरु गरेको ब्यवसायि देव प्रसाद भुर्तेल वताउछन । यो ब्यवसाय तिन जना बृद्धहरु मिलेर सञ्चालन गरिरहेका छन । यसवाट आम्दानि पनि राम्रो भएको छ । हुन त भुर्तेल ईन्डिएन आर्मि वाट रिटाएर हुन । पेन्सन को पैसाले आफुहरुलाई खान लाउन पुगेपनि केहि काम त गर्नु पर्यो भनेर यो ब्यवसाय रोजेको उनी वताउंछन । केहि काम नगरिकन बस्दा दिन काट्न समेत मुस्किल हुने र साथिभाई गफगाफ गरेर नै समय खेर फाल्नु भन्दा आफुले गर्न सक्ने किसीमको काम रोजेर यो ब्यवसाय सुरु गरेको भुर्तेल वताउंछन ।
यसरी उनि संगै काम गर्ने अर्का ब्यवसायि ६५ बर्षका डोलराज भुर्तेल पनि एक हुन । उनले यो ब्यवसाय सुरु गर्नु भन्दा पहिले खेति पातिको कामगरेर घर खर्च चलाएका थिए । पर्वत घर भएका उनि वसाई सरेर कावासोति आएको केहि महिना मात्र भएको छ ।उमेर ढल्कदै जान थालेपछि पहिले जस्तो खेति पाति गर्न सक्ने अवस्था पनि भएन । जसका कारण उनले आफ्नो उमेर अनुसारको आफुले गर्न सक्ने किसीमले साथि संग मिलेर उखुको जुस वेच्न सुरु गरे । अहिले यसवाट राम्रो आम्दानि पनि भएको साथै घर खर्च चलाउन समेत सहज भएको उनि वताउंछन ।
यसरी तिन जना मिलेर सञ्चालन गरेको यो ब्यवसाय उनिहरुले १ लाख वाट सुरु गरेका थिए । दैनिक ३ देखी ७ हजार सम्म आम्दानि गर्न सफल भएका छन । युवा हरुले देशमा काम पाईएन भन्दै विदेश जान्छन । आपm्नो देशमा यस्तो काम गर्न लाज मान्ने गर्दछन । त्यसैले आम्दानि गर्नको लागी विदेश नै जानु पर्दछ भन्ने पनि होईन । सोहि कुरालाई देखाउनका लागी आफुहरुले काम गरेर देखाएको अर्का ब्यवसायि ७२ बर्षका तुलसी वाहादुर गुरुङ्ग वताउंछन ।
हुन पनि हो । देशमा रहेका युवाहरु आफ्नो देशमा रोजगारिको संभावना छैन भन्दै वैदेशीक गन्तब्य तिर लाग्दछन । तर यि बृद्धहरुले जस्तै कामलाई सानो ठुलो नभनि, लाज नमानिकन गर्ने हो भने विदेशमा गएर कमाउने जति यहि ठाउंमा पनि कमाउन सकिन्छ । त्यसैले यि बृद्धहरु वाट अहिलेका युवा बर्गले राम्रो पाठ सिक्न आवश्यक छ ।
तपाइँको प्रतिक्रिया