उखु किसानहरुलाई उखु प्रवर्धन रकम वितरण

पप्पु रेग्मी,
उखु किसानहरुलाई उखु प्रवर्धन रकम वितरण गर्ने जिल्ला कृषि विकास कार्यालय नवलपरासीले जनाएको छ । उखु प्रर्वधनकालागि जिल्लामा आएको रकम रु. पांच करोड बैसठ्ठि लाख वितरण गर्नकालागि अहिले उखु उत्पादक कृषक समितिको कार्यालय बेलाटारी मा उखु कृषकहरुको निवेदन संकलन गर्ने कार्य सुचारु भै रहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७१।७२ मा उखुको मूल्य प्रति क्वीण्टल चार सय एकसठ्ठि रुपैया कायम गरीएको थियो । जिल्लामा रहेका चिनी मिलहरुले प्रति क्वीण्टल चार सय छत्तिस रुपैया भुक्तानी गरेका थिए । भुक्तानीकालागि वांकि रहेको प्रति क्वीण्टल रु. २५।— उखु किसानहरुलाई उखु प्रवर्धनकालागि अनुदान स्वरुप नेपाल सरकारले वितरण गर्ने निर्णय गरेको थियो । उक्त रकम वितरण गर्नकालागि गत जेठ २२ गते देखि कृषकहरुबाट निवेदन लिने कार्य भै रहेको उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश चन्द्र यादवले बताउनुभयो । गत आर्थिक वर्षमा ईन्दिारा सुगर मिल गंगापुरमा ५लाख २९ हजार २ सय ८० दशमलव ४ कवीण्टल, बागमति चिनी मिलबाट १०लाख १० हजार ५ सय ७१ क्वीण्टल र सुनवल चिनी मिल सुनवलले ७ लाख १० हजार १६९ दशमलव ३ क्वीण्टल उखु बिक्रि भएको जनाएको छ । जस अनुसार ईन्दिारा सुगर मिल गंगापुरमा १३५० जना, बाग्मति चिनी मिलमा ४ हजार उखु किसानहरुले आईतवार सम्ममा निवेदन दर्ता गराई सकेका छन भने अव सुनवल चिनी मिलको निवेदनहरु संकलन गर्ने तयारी गरेको उखु उत्पादक कृषक समितिका अध्यक्ष यादवले बताउनुभयो । उखु कृषकहरुसंग आगामी आषाढ मसान्त सम्ममा उखु प्रवर्धनको रकम वितरण गर्ने तयारी गरीएको छ ।
तपाइँको प्रतिक्रिया