उच्च शिक्षा हासील गनर्का लागि प्रवेश परिक्षा

बिबेक भण्डारी ९ , नवलपरासीको देवचुलि नगरपालीकामा रहेको भिमसेन आदर्श माध्यमिक विद्यालयमा उच्च शिक्षा हासील गनर्का लागि प्रवेश परिक्षा(इन्ट्रान्स) दिनुपर्ने व्यवस्था गरिएको छ । शनिवार परिक्षाका लागि शैक्षिक सामाग्री लिएर विद्यार्थीहरु विधालयमा प्रवेश गरीरहेका थिए । सामुदायीक विद्यालयमा अग्रेजी माध्ययमको पठन पाठन तथा शैक्षिक गुणस्तर राम्रो हुदै गएपछि विद्यार्थी र सर्वसाधारणको आर्कषण बढ्दै गएको छ। संस्थागत विद्यालय बाट समेत विद्यार्थी झिक्दै सामुदायीकमा भर्नागर्ने क्रम बढ्दै गएको छ ।अग्रेजी माध्यमको पठनपाठन सुरु , ब्यवस्थित विज्ञान प्रयोगशाला र कम्प्युटर कक्षा सञ्चालन लगायतका व्यवस्थाले गर्दा न्युन बर्ग देखी उच्च बर्गका अभिभावकले विधार्थी भर्ना गर्न ल्याइरहेका छन् । कक्षा ६ देखी १२ सम्म पढाई हुने यो बिद्यालयमा अहिले १२४७ अध्ययनरत रहेका छन् र नयाँ आउने बिधार्थीहरुको हकमाभने एउटा न्युनतमआधारको लागिबि.स. २०६० सालबाट नै प्रबेश परिक्षा सञ्चालन गर्ने गरेको कुरा बिधालयका प्रधानाध्यापक नरदेब न्यौपानेले बताउनुभयो । कक्षा ६ , ८ र ९ मा विद्यार्थीको चापं बढी रहेको छ । भर्ना हुन चाहनेजती सबैलाई आवश्यक कक्षा कोठा र शिक्षकको ब्यवस्थापन गर्न नसकीने हुदा परिक्षा मार्फत शैक्षिकस्तर मापन गरेर मात्र भर्ना लिने निर्णय गरीएको न्यौपानेले बताउनुभयो । विधार्थिहरुको पढ्न पाउने नैसग्रिक अधिकार भएको र त्यो अधिकारलाई सुनिश्चित गर्नै विधार्थिको शैक्षिक गुणस्तर मापन गर्न पनि आफुहरुले प्रवेश परिक्षा आयोजना गरि विधार्थिहरुलाई भर्ना लिने गरेको विधालय
व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण भुषलले बताउनुभयो ।
विधार्थिको मनोवलमा पनि प्रवेश परिक्षाले सकारात्मक सोचाइ दिने हुदा यो परिक्षा आवस्यक देखिएको शिक्षक अभिभावक संघका अध्यक्ष बलराम सापकोटाले बताउनुभयो । सापकोटाका अनुसार परिक्षार्थिहरुलाई आफैले दिएको परिक्षको प्रश्न उत्तर आफैले हेर्न पाउदा सुधार गनर्’ पर्ने कुराहरु आफैले बुझन्ने हुदा पनि परिक्षा आवस्यक रहेको बताउनुभयो । केही वर्षअघि सम्म विद्यालय बाट निकालेर संस्थागत तथा अन्य शैक्षिक संस्थामा भर्ना गरिने भए पनि अहीले अभिभावकहरु भर्नाका लागि सामुदायिक विधालयमा बढि जाने गरेका छन् ।
तपाइँको प्रतिक्रिया