उद्योगी व्यवसायीसँग विद्यमान समस्या समधान गरी आर्थिक क्षेत्रमा अगाडि बढ्न प्रधानमन्त्री को सुझाव

केपी शर्मा ओलीले उद्योगी व्यवसायीसँग विद्यमान समस्या समधान गरी आर्थिक क्षेत्रमा कसरी अगाडि बढ्ने भनेर सुझाव मागेका छन् । प्रधानमन्त्री ओलीले उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्सका प्रतिनिधिलाई सोमबार विहान आफ्नै निवासमा बोलाएर छलफल गरेका हुन् । छलफलमा करिव ६० जना उद्योगी व्यवसायीहरु सहभागी भएको चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए । अमेरिकाले दिन लागेको ग्रामेन्टको कोटाबाट कसरी अधिकतम लाभ लिने भनेर ओलीले उद्योगी व्यवसायीसँग सुझाव मागेका छन् । साथै, कृषि क्षेत्रमा पनि कसरी आत्मनिर्भर बन्न सकिन्छ भनेर प्रधानमन्त्रले सुझाव मागेका छन् । प्रधानमन्त्रीले सुझावमा निजी क्षेत्रलाई चाहिलने सेवा सुविधाहरु उल्लेख गर्न भनेका छन् । तीनवटै संस्थाले केही दिनभित्र प्रधानमन्त्री ओलीलाई संयुक्त सुझाव पेश गर्ने चेम्बरका अध्यक्ष श्रेष्ठले बताए । छलफलमा महासंघका अध्यक्ष पशुपति मुरारकाले भूकम्प, बन्द हडताल र नाकाबन्दीले निजी क्षेत्र समस्यामा परेको प्रधानमन्त्रीलाई जानकारी गराए । चाँडै समस्याको समधान गर्न आग्रह गर्दै मुरारकाले यही अवस्था लम्बिएमा निजी क्षेत्र बिरामी हुने बताएको छलफलमा सहभाग महासंघका उपाध्यक्ष शेखर गोल्छाले बताए । अहिलेको अराजक स्थितीको समधान भएमा उद्योग व्यवसाय सञ्चालनमा आउने सहभागीहरुले बताएका छन् । ग्रामेन्ट उत्पादन बढाएर अमेरिका निर्यात गर्नका लागि पनि अहिलेको स्थिती बाधक रहेको उनीहरुले स्पष्ट पारेका छन् ।
तपाइँको प्रतिक्रिया