कर वृद्धि गरिएको भन्दै व्यवसायीहरुद्धारा चर्को आलोचना

साउन १९
उद्योगी / व्यवसायीहरुले कर वृद्धि गरिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मोरले चालू आर्थिक वर्षबाट सरकारले कर एकैपटक चार गुणा बढि हुने गरी वृद्धि गरेको उल्लेख गर्दै सरकारको आलोचना गर्नु भएको हो । आईतबारबाट ललितपुरमा सूरु भएको व्यवस्थापन गोष्ठीमा बोल्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले स्थानीय तहमा समेत गरी दोहोरो करमा मारमा पार्ने काम नगर्न सरकारको गम्भिर ध्यानाकर्षण पनि गराउनु भयो । उहाँले करको दायरा बढाउने अभियानमा भने सरकारलाई साथ दिने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मोरले कर मैत्री वातावरण बनाउन सरकारसँग माग गर्नु भयो । उहाँले व्यवसायीहरुलाई हतोत्साही हुने गरी करको व्यवस्था सरकारले गर्न नहुने पनि स्पष्ट पार्नु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले सरकारले चालू आर्थिक वर्षबाट कर वृद्धि गरेर व्यवसायीहरुलाई मारमा पारेको भन्दै तत्काल हटाउन माग गर्नु भयो । उहाँले व्यवसायका लागि चर्को व्याजदरका कारण मुलुकको उद्योगधन्दा फष्टाउने अवस्था नरहेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराउनु भयो ।
उपाध्यक्ष प्रधानले करको दायरा बढाउने कार्यमा भने महासंघले सरकारलाई सक्दो सहयोग गर्ने पनि बताउनु भयो ।
भिडियो पनि हेर्नुहोस
तपाइँको प्रतिक्रिया