उद्योग बाणिज्य संघ चितवनको आगामी नेतृत्व हालका बरिष्ठ उपाध्यक्ष प्रधानकै हुनेमा चितवनका पत्रकारहरुद्वारा ठोक्कुवा

उद्योग बाणिज्य संघ चितवनको आगामी नेतृत्व हालका बरिष्ठ उपाध्यक्ष सहनलाल प्रधानकै हुनेमा चितवनका पत्रकारहरुले ठोक्कुवा गरेका छन् । आसन्न निर्वाचनमा जितको नजिक पुग्नुभएका प्रधानलाई जिताउन आफुहरु प्रतिवद्ध भएको समेत उनीहरुले बताए । निर्वाचन नजिकिदैं जादाँ पत्रकारहरुहरुसंग भेटघाट गर्नुभएका प्रधानलाई विश्वास दिलाउंदै पत्रकारहरुले उवासंघमा लामो अनुभव सगाल्नुभएका प्रधानले नेतृत्व पाए योग्यता र क्षमताको कदर हुने विश्लेषण गरे । व्यवसायी मात्र नभई संञ्चार उद्यमीको रुपमा चितवनमा पहिलो रेडियो स्थापना गर्ने श्रेय पाउनुभएका प्रधानलाई जिताउन पत्रकारले खेल्ने भुमिका सकरात्मक हुनुपर्ने समेत अग्रज पत्रकारहरुले बताएका छन् । संघको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिनुभएका प्रधानको उद्योग बाणिज्य संघ चितवनमा दश बर्ष लामो अनुभव रहेको छ । सदस्यबाट ३ पटक उपाध्यक्ष र हालको कार्यकालमा बरिष्ट उपाध्यक्ष रहनुभएका प्रधानले पत्रकारको बृद्धि विकासका लागि महत्वपुर्ण भुमिका निर्वाह गरेको पत्रकारहरुको बुझाई छ । भेटका अवसरमा बोल्दै नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष दिपक आचार्यले प्रधानलाई अग्रिम बधाई दिदैं संघको व्यापारिक गतिविधिलाई थप चलायमान बनाउन नेतृत्वले चुस्त रुपमा काम गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रधान सञ्चार उद्यमी समेत भएकाले उहाँको जीतमा समग्र पत्रकारहरुको प्रतिष्ठा जोडिएको समेत आचार्यले उल्लेख गर्नुभयो । यस्तै नेपाल पत्रकार महासंघ चितवनका उपाध्यक्ष दिपेन्द्र बडुवालले चुनावी प्रतिस्पर्धामा दुवै पक्ष प्यानल बनाएर होमिएकाले जितपछि पनि आर्थिक विटमा कलम चलाउने पत्रकारको बृद्धि विकासमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
तपाइँको प्रतिक्रिया