उपत्यकामा जारी निषेधाज्ञाको अवधि एक साता थपियो, केहि खुकुलो

काठमाण्डौँ, ३० जेठ ।
कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको अवधि एक साता थप गरिएको छ । कोरोनाको महामारी अझै उल्लेख्य नघटेको भन्दै तीन जिल्लाका सीडीओले निषेधाज्ञा थप गर्ने निर्णय लिएका हुन् । कोरोना संक्रमण रोकथामका लागि लागू गरिएको निषेधाज्ञाको म्याद भोलीबाट थप गर्दै यसलाई केही खुकुलो बनाइएको छ । अब किराना र पुस्तक पसलहरु बिहान ११ बजेसम्म खोल्न पाइने छ ।
भक्तपुर जिल्लाका प्रमुख जिज्ला अधिकारी प्रेमप्रसाद भट्टराई ले संक्रमणदर ३० प्रतिशतभन्दा तल नझरेकाले निषेधाज्ञालाई निरन्तरता दिइने बताउनु भयो । सवारी आवागमनमा लगाइएको रोक यथावत रहेको उहाँले बताउनु भयो । होटल–रेस्टुरेन्ट अबदेखि टेक अवे र होम डेलिभरी सेवा दिन अनुमति दिइएको छ । बिहान सातबजेदेखि होटल–रेस्टुरेन्टले टेक अवे र होम डेलिभरी सेवा दिन सक्नेछन् । इलेक्ट्रिक र हार्डवेर पसल बेलुका ४ बजेपछि खोल्न पाइने भएको छ ।
तपाइँको प्रतिक्रिया