उपनिर्वाचनको नतिजा तीनदिन भित्र सार्वजनिक गर्छौ : निर्वाचन आयोग

काठमाडौं, वैशाख ९
उपनिर्वाचनको नतिजा तीनदिन भित्र सार्वजनिक गर्ने गरि निर्वाचन आयोगले तयारी गरेको छ । बैशाख १० गते हुने उपनिर्वाचनको नतिजा ३ दिनभित्र सार्वजनिक गर्ने व्यवस्था मिलाइएको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।
चितवन २, तनहुँ १, र बारा २ मा यहि बैशाख १० गते उपनिर्वाचन हुँदैछ । उक्त निर्वाचनको सबै तयारीमा सघाउन जिल्ला प्रशासन कार्यालय र प्रमुख जिल्ला अधिकारीसँग समन्वय भइसकेको छ ।
चुनावमा खटिएका कर्मचारीलाई कुनै अप्रिय घटना हुन नदिनेगरी सचेत रहन निर्देशन दिइएको समेत भैसकेको उनले बताए । प्रहरीलाई ब्याकफोर्समा राखेर काम गर्ने भएकोले चुनाव शान्तिपूर्ण हुने उनको भनाई छ ।
यसअघि निर्वाचनमा अन्तिम परिणाम आउन कम्तीमा ६ देखि ७ दिन लाग्ने गरेको थियो भने यो उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको बताउँदै थपलियाले नतिजा पनि ३ दिनभित्रै आइसक्ने दाबी गरे । त्यस्तै यो पटकको उपनिर्वाचन पुरानै मतपत्रबाट हुन लागेको पनि जानकारी दिए ।
तपाइँको प्रतिक्रिया