उपमेयर कप राष्ट्रिय महिला लिगमा गैँडाकोट विजयी, अर्को खेलमा तुलसीपुर संग भिड्ने

गैँडाकोट, १० कार्तिक ।
पहिलो पटक राष्ट्रिय महिला लिगमा प्रतिस्पर्धा गर्न काठमाण्डौ पुगेको गैँडाकोट नगरपालिकाका महिला खेलाडिले आज बिहान हटौडा उपमहानगरपालिका संग भएको प्रतिस्पर्धामा जित निकालेको छ ।
काठमाण्डौमा जारी उपमेयर कप राष्ट्रिय महिला लिग छनौट फुटबल प्रतियोगितामा गैँडाकोट नगरपालिकाले हटौँडा उपमहानगरलाई १–० पराजित गरेको हो ।
गैँडाकोटका लागि ऋतु तामाङले दोश्रो हाफमा १ गोल गर्न सफल भए संगै गैँडाकोट नगरपालिका विजयी भएको हो । राष्ट्रिय महिला लिग छनौट फुटबल प्रतियोगिता अन्तर्गत अब गैँडाकोट नगरपालिकाले कार्तिक १४ गते तुलसीपुर नगरपालिकासंग प्रतिष्पर्धा गर्नेछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विभिन्न ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
तपाइँको प्रतिक्रिया