उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा २९ तले ‘काठमाडौँ भ्यू टावर’ भवनको शिलान्याश

काठमाडौंको पुरानो बसपार्कमा २९ तले ‘काठमाडौँ भ्यू टावर’ भवनको ले शिलान्याश गर्नुभएको छ । काठमाडौँ महानगरपालिका र जलेश्वर स्वच्छन्द विकोई विल्डर्स प्रा.लिबीच भएको सार्वजनीक निजी साझेदारी अवधारणा अन्तर्गत उक्त टावर निर्माण हुन लागेको हो । पहिलो चरणमा १२ तलाको भवन तीन वर्षभित्र निर्माण गरिसक्ने लक्ष्य लिइएको छ ।सो अवसरमा उपराष्ट्रपति पुनले मुलकको ईज्जत र प्रतिष्ठासित जोडिएको यो भवन तोकिएको समयमै निर्माण सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उपत्यकाको सबै क्षेत्रको दृश्यावलोकन गर्न सकिने गरी निर्माण हुन लागेको भवन आन्तरिक र बाह्य पर्यटनको समेत केन्द्र बन्ने उहाँको भनाइ थियो । उहाँले संविधान जारी भएपछि नयाँ सम्भावनाका अवसरहरु सुरु भइसकेको बताउँदै मुलुकमा विकास, शान्ति र समृद्धि हुन सकेमा मात्रै परिवर्तनको सार्थकता र औचित्य सिद्ध हुने बताउनुभयो । संविधान निर्माणको क्रममा देखिएका समस्यालाई राजनीतिक एवम् कूटनीतिक ढङ्गले समाधान गर्न सरकारले पहल गर्ने उहाँले आशा व्यक्त गर्नुभयो ।स्थानीय विकास तथा सङ्घिय मामिला राज्यमन्त्री कुन्तीकुमारी शाहीले सार्वजनिक निजी साझेदारीको अवधारणा अन्तर्गत बन्न लागको भवन साझेदारीको नमूना बन्ने गरी निर्माण सम्पन्न हुने आशा व्यक्त गर्नुभयो । सात अर्ब लगानी, दुई तला पार्किङसहितको सो भवन तीस वर्ष निर्माण कम्पनीले प्रयोग गरी महानगरपालिकालाई सुम्पने सम्झौता रहेको छ ।
तपाइँको प्रतिक्रिया