उम्मेदवारका विरोधमा उजुरी दिने समय आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म

काठमाडौं, असोज २४
आगामी निर्वाचनका लागि निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका उम्मेदवारका विरोधमा आज उजुरी दिन समय दिएको छ ।
आज विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने आयोगले स्पष्ट्रसँग बताएको छ ।
आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्तरगत प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ देशभर २ हजार ४७३ जनाको उम्मेदवारी दर्ता भएको आयोगका प्रवक्ता शालिकराम शर्माले बताउनुभयो ।
प्रतिनिधिसभातर्फ पुरुष उम्मेदवार २ हजार २४२ रहेका छन् भने महिला उम्मेदवार २३१ रहेको छ । यस्तै प्रदेशसभा तर्फ कूल ३ हजार ३९३ उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दिएका मध्ये पुरुष ३ हजार ९९ रहेको छ भने महिला २९३ र अन्य १ जना रहेको निर्वाचन आयोगले बताएको छ ।
तपाइँको प्रतिक्रिया