उर्दु, आरबी उच्च शिक्षाको पहुच नहुदा बिद्यार्थीहरु भारत जान बाध्य

नवलपरासी , १४ भदौ । नवलपरासीमा मूस्लीम समुदायहरुका लागी उर्दु, आरबी उच्च शिक्षाको पहुच नहुदा बिद्यार्थीहरु सो शिक्षा हासील गर्न भारत जान बाध्य भएका छन् । नवलपरासीमा आयोजीत एक कार्यक्रममा मुस्लीम अगुवाहरुले यस्तो बतएका हुन् । बिद्यालय तहको मदरसा भएपनि सो भन्दा माथील्लो कक्षा अध्ययन वा उर्दु, आरबी उच्च शिक्षाका लागी मूस्लीम समुदायका बालबालीका अध्ययनकालागी भारत जान बाध्य भएका हुन । बिशेष गरी जिल्लाका मुस्लीम समुदायका बालबालीका मदरसा पछिको माथिल्लो शिक्षा वा उर्दु, आरबी उच्च शिक्षाका लागी छिमेकी भारतको गोरखपुर ,महाराजगन्ज लगायतका स्थानमा जादै आएका छन् । जिल्लामा प्राथमिक तहसम्मको उर्दु शिक्षा हासिल गरिसकेपछि उच्च शिक्षाका लागि केहि विद्यार्थीहरु भारततिर लाग्न गर्दछन् भने अधिकांश विद्यार्थीहरु उर्दु उच्च शिक्षाबाट बन्जित हुदै आएको मुस्लीम अगुवा हैदर अलि मोनीनले बताउनुभयो । जिल्लाको विभिन्न धार्मिक विद्यालयहरुमा माध्यमिक तहदेखि उच्च शिक्षा सम्मको उचित व्यवस्था भएपनि भने उर्दु शिक्षाको माध्यमिक तहसम्म पनि व्यवस्था नरहेको मुस्लिम संघ नवलपरासीका जिल्ला अध्यक्ष कासिद अलि बताउनुभयो । मुस्लमि शिक्षाका लागि आर्थिक रुपमा सम्पन्न शाली विद्यार्थीहरु छिमेकी राष्ट्र भारत गई कठिनाईका साथ शिक्षा हासिल गर्नुपर्ने अवस्था छ भने अधिकांश गरिब विद्यार्थीहरु शिक्षाबाट बन्चित हुन बाध्य भएको मस्लीम अगुवा ईशाहाक मियाले बताउनुभयो । नवलपरासीमा हाल करिब २ दर्जन बढी मदरसा रहेका छन् । नेपाल सरकार संग नवलपरासीमै उच्च शिक्षा व्यवस्था मिलाउन मुस्लीम अगुवा बुद्धन अलीले माग गर्नुभयो । राज्यले आफ्नो समुदायलाई उपेक्षित गरेको जनाउदै नवलपरासीका मुस्लीम समुदायहरु आन्दोलनमा उत्रिएका चेतावनी समेत दिएका छन् । जिल्लामा उर्दु, आरबी उच्च शिक्षाको ब्यवस्थापन हुनुपर्ने मुुस्लीम समुदायको माग छ ।
तपाइँको प्रतिक्रिया