एउटा युगको अन्त्य भएकाले नयां शक्तिको आवश्यक: डा. बाबुराम भट्टराई

पुरुषोत्तम सुबेदी ,नवलपरासी , १७ असोज । संविधान सभाबाट संविधान घोष्णा गरेको एक ह्प्ता नहुदै संविधान सभाको सदस्यता एवं एकीकृत नेकपा माओवादी पार्टी परित्याग गरेका पुर्व प्रधानमन्त्रि डा. बाबुराम भटटराईले संविधान जारी पछि एउटा युगको समाप्ति भएर नयां युगको थालनी भएकोले नयां युगमा नयां ढंगले चल्न नयां शक्तिको आवश्यक रहेको बताउनु भएको छ ।
आइतबार नवलपरासीको दुम्कौली स्थित चौधरी उद्योग ग्राममा भएको एक अन्तरक्रिया कार्यक्रममा पुग्नु भएका डा भटटराईले अन्तक्रियामा बोल्दै यस्तो बताएउनु भएको हो । वहांले संविधान सभा मार्फत संधिवान निर्माण गर्ने आफ्नै एजेण्डा भएको दावी गर्दै डा. भट्टराईले त्यतिबेला राजतन्त्र नजिक रहेका आफ्नै पार्टी भित्रका समुहले संविधान सभाबाट संविधान निर्माण गर्ने विचार राख्दा आफुलाई अप्रत्यक्ष नजरबन्दमा राखेको खुलासा गर्नु भया । उनले सो समयमा आफू माथि जे पनि हुनसक्ने अवस्था समेत रहेको खुलासा गर्नु भएको स्रोतले बताएको छ ।
आफू संविधान विरोधी नभए पनि आफूलाई फेरि पनि राजनैतिक रुपमा सिद्धाउनका लागि संविधान सभा विरोधीहरुले अहिले संविधान विरोधी विल्ला लगाइदिएको दावी गर्नु भयो । वहांले भ्न्नु भयो “संविधान बनाउने काममा सबै भन्दा महत्वपूर्ण हात मेरो रहेकाले अहिले म सबैभन्दा बढी खुसी छु । तर दलित, जनजाति, मधेशीहरुको माग पुरा नभएको मैले नोट अफ डिसिजन लेखेको हु । संविधान घोषणाको समयमा आधा नेपाल जलेको अवश्थामा आधा नेपालले दिपावली गर्दा वेठिक हुने तर्क आफूले गरेको र सोही अनुसार दिपावली नगरेको बताउनु भयो ।
तपाइँको प्रतिक्रिया