एकता अधिबेशनको तयारीकालागी भेटघाटमा ब्यस्त माओवादी

नवलपरासी २२ मंसिर । नेकपा क्रान्तिकारी माओवादी नवलपरासीको मंसिर २४ गते बर्दघाटको गुम्बाहलमा हुने माओवादीले बर्दघाट नगरक्षेत्रका कार्यकर्ता भेटघाट तथा घरदैलो शुरु गरेकोछ । माओवादी एकता र धुब्रीकरणमा पार्टी कार्यकर्ताहरुको उल्लेख्य सहभागिता गराउनका लागि पार्टीका नेता कार्यकर्ता शहिद तथा बेपत्ता परिवार एंव शुभेच्छुकहरु संग भेटघाटलाई तीब्रता दिइएको क्रान्तिकारी माओवादीका जिल्ला सचिवालय सदस्य चुडामणि भण्डारीले बताउनुभएकोछ । घरदैलो तथा भेटघाट अन्तरगत मंगलबार बर्दघाट वडा नम्बर ५ को बण्डाखोला,बर्दघाट वडा नम्बर ४ को हरियालीनगर तथा देवीनगरमा घरदैलो गरिएको क्रान्तिकारी माओवादीका जिल्ला सदस्य गोबिन्द विश्वकर्माले जानकारी दिनुभयो । त्यस्तै माओवादी जनबर्गीय संगठन तथा जातीय मोर्चाहरुले समेत भेटघाट तथा धुब्रीकरणलाई तीब्रता दिने अखिल नेपाल किसान संघ क्रान्तिकारीका जिल्ला संयोजक छबिलाल खरेलको भनाई छ ।त्यस्तै एकता अधिबेशनको तयारी स्वरुप इलाका नम्बर ६ र ७ ले समेत कार्यकर्ता भेटघाट शुरु गरेको डिबी थापाले जानकारी दिनुभएकोछ । अधिबेशनमा एक सय बढि प्रतिनिधि पर्यबेक्षकको सहभागिता रहने र २ महिनाभित्र जिल्ला सम्मेलन गरिने क्रान्तिकारी माओवादी नवलपरासीका सहसंयोजक सुर्य न्यौपानेले बताउनुभएको छ । नेकपा–माओवादी र परि थापा नेतृत्वको नेकपा एकीकृतबीच पार्टी एकता पछि नवलपरासीमा हुने जिल्ला एकता अधिबेशनलाई सम्बोधन गर्नका लागि क्रान्तिकारी माओवादीका केन्द्रीय सचिवालय सदस्य तथा पुर्वमन्त्री देव गुरुङ आउनुहुने सो पार्टीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया