एकीकरण गर्न बनेको विधेयक अर्थ समितिमा फिर्ता

काठमाण्डौ ७,व्यवस्थापिका संसदले बैंक तथा वित्तीय संस्था सम्बन्धी कानून (बाफिया)मा संशोधन र एकीकरण गर्न बनेको विधेयक अर्थ समितिमा फिर्ता पठाएको छ । चौतर्फी विरोधका कारण संसद्ले विधेयक र प्रतिवेदनका ११ वटा दफा र उपदफाहरुमा पुनः विचार गर्न निर्देशनसहित विधेयक सर्वसम्मतिले अर्थ समितिमा पठाइएको हो । नेपाल राष्ट्र बैंकबाट अवकाशप्राप्त सबैजसो बैंकरहरुले विधेयकमाथि अर्थ समितिले तयार पारेको प्रतिवेदन अनुसार कानून बने बैंक तथा वित्तीय क्षेत्र ध्वस्त हुने चेतावनी दिएका थिए । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैंकका संचालक र अध्यक्षको पदावधि, संस्थापक शेयर परिवर्तन लगायतका सम्बन्धमा अन्तर्रा्ष्ट्रिय मान्यता र राष्ट्रिय आवश्यकता अनुकुल हुने प्रावधान तर्जुमा गर्नुपर्ने भन्दै बाफिया सम्बन्धी प्रतिवेदन अर्थ समितिमा फिर्ता पठाउन प्रस्ताव गरेका थिए ।
तपाइँको प्रतिक्रिया