एकीकृत नेकपा माओवादीले प्रधानमन्त्री निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीलाई समर्थन जनाउने
एकीकृत नेकपा माओवादीले प्रधानमन्त्री निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीलाई समर्थन जनाउने औपचारिक निर्णय गरेको छ । पार्टी अध्यक्ष प्रचण्ड निबासमा शुक्रबार बसेको एकीकृत माओवादी स्थायी समितिको बैठकले घुमाउरो शैलीमा ओलीलाई समर्थन जनाउने निर्णय लिएको हो । माओवादीले संविधान निर्माणका क्रममा १६ बूँदे सहमति हुँदा भएको भद्र सहमति अनुसार राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय लिएको हो । सरकार निर्माणका लागि बहुमतीय प्रकृया सुरु भए पनि प्रमुख तीन दलसहित अन्य दलसमेतको सहभागितामा सहमतीय सरकार बनाउनु पर्ने समेत बैठकले ठहर गरेको छ । एकीकृत माओवादीले आफ्नो पार्टी सरकारमा जानका लागि ८ बूँदाको नीतिगत आधार तय हुनुपर्ने शर्त अघि सारेको छ । जसमा नीतिगत आधारहरुमा आन्दोलनकारीको माग, संविधान संशोधन र कार्यन्वनको बिषय, भारतले लगाएको नाकाबन्दीको तत्कालीन र दीर्घकालीन समाधान, भूकम्पले सृजना गरेको विपत्ति पछिको पुर्ननिर्माण र नवनिर्माण, उत्पिडित मजदुर किसान, दलितलगायत सिमान्तकृत समुदायको मागलाई सम्वोधन गर्ने बिषय, आर्थिक सम्वृद्धिलाई केन्द्रमा राखेर काम गर्ने, शान्तिप्रकृयासँग जोडिएका बिषयलाई अघि बढाउने बूँदा छन् ।
तपाइँको प्रतिक्रिया