एकीकृत नेकपा (माओवादी)ले सर्तसहित नेकपा (एमाले)का उम्मेदवारलाई प्रधानमन्त्रीमा विजयी गराउन सहयोग

एकीकृत नेकपा (माओवादी)ले सर्तसहित नेकपा (एमाले)का उम्मेदवारलाई प्रधानमन्त्रीमा विजयी गराउन सहयोग गरेको छ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा शनिबार बसेको स्थायी समितिको बैठकले पार्टीले अगाडि सारेका आठबुँदे सर्तलाई पुरा गर्न र सकेसम्म सहमतिको वातावरण बनाउनसमेत आग्रह गरेको छ । संविधान घोषणा भएपछिको मुलुकको अवस्था र संविधानको सहज कार्यान्वयनका लागि सबै दलबीच एकताको आवश्यकता रहेको भन्दै एमाओवादीले दलहरुबीचको एकता र विश्वासलाई टुट्न दिन नहुनेमा जोड दिएको छ । प्रमुख दलहरुबीच गत जेठ २५ गते भएको १६ बुँदे सहमति गर्दा भद्र सहमतिको रुपमा राष्ट्रिय सहमतिको सरकार एमालेको नेतृत्वमा गठन गर्ने भन्ने भएको स्मरण गर्दै सो सहमतिमा अडिनसमेत सम्बद्ध राजनीतिक दललाई बैठकले आग्रह गरेको छ ।
तपाइँको प्रतिक्रिया