एकै दिन ८,८४८ जना संक्रमणमुक्त, १२९ जनाको मृत्यु

काठमाण्डौ, ८ जेठ ।
पछिल्लो २४ घण्टामा ८,८४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यो संख्या एकै दिन संक्रमणमुक्त हुने अहिलेसम्मकै धेरै संख्या हो । यसअघि शुक्रबार ७,८९० जना संक्रमणमुक्त भएका थिए । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९३५७ पीसीआर परीक्षणमा ८५९१ जना र ७४८ एन्टिजेन परीक्षणमा ३८९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १२९ जनाको मृत्यु भएको छ ।
तपाइँको प्रतिक्रिया