‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प–२’ को आईतबार भरतपुरको अडिसन सम्पन्न

दोस्रो संस्करणको ‘एक्सपर्ट पब्लिक स्पिकिङ च्याम्प–२’ को आईतबार भरतपुरको अडिसन सकिएको छ । विमोचन इभेन्ट एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजना र एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस नारायणगढको मुख्य प्रायोजनामा सुरु भएको दोस्रो चरणको प्रतियोगिताको भरतपुर अडिसन शनिबार र आईतबार नारायणगढको नारायणी कला मन्दिरमा भएको हो ।
दुई दिने अडिसनमा भरतपुरका विभिन्न विद्यालयबाट करिब २०० जना विद्यार्थीहरुको सहभागिता रहेको आयोजकका प्रवन्धक विमोचन आचार्यले जानकारी दिनुभयो । अडिसनमा सञ्चारकर्मी मनोज घिमिरे र अर्का संचारकर्मी प्रवेश अधिकारी निर्णायकको भूमिका निर्वाह गरेका थिए । भदौ ३१ गते माडी क्याम्पसमा अडिसन हुने प्रवन्धक आचार्यले बताउनुभयो ।
यसैबीच अडिसनबाट दोस्रो चरणका लागि छनौट भएका विद्यार्थीहरुलाई नेपालका चर्चित व्यक्तित्वहरुबाट प्रशिक्षण दिइने भएको छ । विद्यार्थीहरुलाई पूर्व मिस नेपाल सुगारिका केसी र चर्चित संचारकर्मी राधाकृष्ण (आरके) धितालले प्रशिक्षण दिने प्रवन्धक आचार्यले जानकारी दिए ।
छनोट प्रतियोगीहरुलाई असोज २७, २८, २९ र ३० गते तालिम दिइने बताइएको छ । दोस्रो चरणको प्रतियोगिता कात्तिक १ गते र फाइनल मंसिर १३ गते हुने बताइएको छ । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश ५० हजार, ३० हजार, २० हजार मेडल ट्रफी र प्रमाणपत्र वितरण गरिने बताइएको छ ।
यस प्रतियोगितालाई सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ सेन्टरले प्रायोजन गरेको छ । स्पिकिङ च्याम्पमा कक्षा ७ देखि १२ सम्मका विद्यार्थीहरुले भाग लिन सक्ने छन् ।
तपाइँको प्रतिक्रिया