गैँडाकोट नगरपालिकाका सामुदायिक वन : गरिवी उन्मुलनमा नमुना बन्दै (फोटो फिचर)

शुष्मा भुषाल, खरेल ,
गैँडाकोट, २४ असार ।
एक दिने पशुसेवा सम्बन्धि तालिम गैँडाकोट नगरपालिकाको वडा नंम्बर– १० मा सम्पन्न भएको छ । मुकुन्दसेन सामुदायिक बन उपभोक्ता समुह, गैँडाकोट–१०, को आयोजनामा आईतबार तालिमको आयोजना गरिएको हो ।
वन समुहको गरिब, विपन्न लक्षित वर्ग कार्यक्रम अन्र्तगत तालिमको आयोजना गरिएको समुहका अध्यक्ष रुद्र प्रसाद अधिकारीले बताउनुभयो । यस क्षेत्रमा रहेको ठुलो संङ्ख्याको पशुपालन कृषकलाई लाभान्वित पार्न तालिमको आयोजना गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।
सोही क्रममा पशुसेवा कार्यालय नवलपरासीका नगेन्द्र शाह र राजकुमार फुयालले प्रशिक्षण दिनुभएको थियो । यसैबिच उद्घाटन समारोहमा गैँडाकोट नगरपालिका वडा नंम्बर १० का वडाध्यक्ष देविदत्त कंडेलले नेपालका सामुदायिक वन समुहले गरिवी उन्मुलनमा ठुलो भुमिका खेल्दै आएको चर्चा गर्दै , सबै कृषकहरु व्यवसायिक बन्नुपर्नेमा जोड दिनुभयो ।
तालिममा वन समुहका ५३ जना उपभोक्ताको सहभागिता रहको छ ।
तपाइँको प्रतिक्रिया