एक निर्वाचन एक सडक कार्यक्रम अन्तर्गत कालोपत्रे सडकको निर्माण

चितवनको शिवघाट, हरैया, विजयनगर, सिमरीटाउन कालो पत्रे निर्माण कार्यक्रमको शुभारम्भ गरिएको छ । स्थानीय समाजसेवी, पूर्व जिविस प्रतिनिधि एवं नेपाल रेडक्रस सोसाईटी मंगलपुर उपशाखाका अध्यक्ष भरत अधिकारीको अध्यक्षता एवं निर्वाचन क्षेत्र न ४ का माननीय सभासद रामकृष्ण घिमिरेको प्रमुख आतिथ्यमा कालो पत्रे सडक निर्माण शुभराम्भ गरिएको थियो । अतिथिहरुमा सडक डिभिजन कार्यालयका ईन्जिनियर नेत्र देवकोटा, निर्वाचन क्षेत्र नं ४ अन्र्तगत अनुगमन समितिका सदस्य सचिव वलराम लुंईंटेल, जिविस प्रतिनिधि प्रकाश चन्द्र पौडेल निर्माण व्यवसायी राजेन्द्र सडौला, वरिष्ठ समाजसेवी शंख कुमार श्रेष्ठ, नेपाली काँग्रेस क्षेत्रिय सभापति सरिता के.सी., पूर्व गाविस अध्यक्ष केशव अधिकारी, लाल बहादुर लामा, स्थानीय पार्टी प्रमुखहरुमा नेपाली कांग्रेसका वलराम पौडेल, नेकपा एमालेका वद्री चापागाईं, एनेकपा माओवदीका नारायण अधिकारी, समाजसेवी लगायत महिला नेत्री तिल कुमारी सेढाईको आतिथ्यता रहेको थियो । सडक कालो पत्रे उद्द्घाटनमा समाजसेवी क्षेत्र प्रसाद सापकोटाले स्वागत मन्तव्य र व्यानर खुला गर्नुभएको थियो ।
सम्बन्धी सम्पूण जानकारी सडक डिभिजन कार्यालयका ईन्जिनियर नेत्र देवकोटाले गर्नुभएको थियो ।
तपाइँको प्रतिक्रिया