एक महिनाभित्र नयाँ पार्टी खाल्ने तयारी :पूर्वप्रधानमन्त्री भट्टराई
डाक्टर बाबुराम भट्टराईले एक महिनाभित्र नयाँ पार्टी खाल्ने बताउनुभएको छ । सोमबार नवलपरासीको सुनवलमा नेपाल पत्रकार महासंघले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा भट्टराईले नयाँ पार्टी निर्माणका लागि आफुले केन्द्रदेखि जिल्लाका विभिन्न पार्टीका नेताहरु, उद्योगी, व्यवसायी र नयाँ सोच तथा विचार बोकेका व्यक्तिहरुसँगको भेटलाई तीव्रता दिएको समेत बताउनुभयो । तर नया पार्टीको नेतृत्व भने आफुले नलिने उहाको भनाई छ । नेपालले भारतलाई धेरै चिढाउन नहुने भन्दै भट्टराईले दुई देशको तरुलको रुपमा रहेको हाम्रो देशले अब भारत र चीनलाई जोड्नका लागि सेतु पुलको काम गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीमा भएका विकृति र विसंगतिबारे दैनिक रुपमा प्रचण्डसँग टेलिफोनमा कुराकानी हुने गरेको बताउँदै भट्टराईले सो क्रममा आफू अब नयाँ विचार लिएर अघि बढेको भन्दै पुरानो घरमा नफर्कने बताउने गरेको स्पष्ट पार्नुभयो ।
तपाइँको प्रतिक्रिया