एनसेल सरकारको स्वामित्वमा आउने व्यवस्था संशोधन गर्न छलफल समेत भएको छैन : संचारमन्त्री शर्मा

२४ चैत, काठमाडौं ।
दूरसञ्चार विधेयकमा विदेशी लगानीका कम्पनीको सेयर २५ वर्षपछि सरकारको स्वामित्वमा आउने व्यवस्था संशोधन गर्नेबारे छलफल समेत नभएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दाबी गर्नुभएको छ ।
संसदमा उठेका सार्वजनिक महत्वका विषयहरुमाथि जवाफ दिंदै उहाँले दूरसञ्चार विधेयक मस्यौदाकै क्रममा रहेको र मस्यौदा तयार भएपछि सुझाव अनुसार सम्बन्धित क्षेत्रका विज्ञसँग छलफल हुने बताउनुभयो ।
एनसेल २५ वर्षपछि सरकारको स्वामित्वमा आउने व्यवस्थालाई संशोधन गर्न खोजिएको भन्ने प्रश्नमा अहिलेसम्म त्यसबारे छलफल र तयारी नै नभएको स्पष्टीकरण दिनुभयो ।
सांसदहरुले दूरसञ्चार विधेयकमा विदेशी लगानीको निजी सेवा प्रदायकको ५० प्रतिशत स्वामित्व सरकारमा आउने व्यवस्था संशोधन गरेर एनसेललाई पोस्न खोजिएको आरोप लगाएका थिए । तर, मन्त्री शर्माले त्यस्तो आरोपलाई अस्वीकार गर्नुभएको हो ।
तपाइँको प्रतिक्रिया