एन.आई.सी.एशिया बैंक लिमिटेडको ७५औँ शाखा कावासोतीमा

अस्मीता भण्डारी २३ , एन.आई.सी.एशिया बैंक लिमिटेडले आफ्नो ७५औँ शाखा नवलपरासीको कावासोती इन्द्रचोकमा विस्तार गरेको छ । बैंकले मगंलबार एक कार्यक्रमको आयोजना गरि शाखाको उद्घाटन गरेको हो । उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नवलपुर उधोग वाणिज्य सघंका अध्यक्ष ओमप्रकाश पौडेलले बैकहरुको विकासले सर्वसाधारणको सम्पतिको सुरक्षा पुण रुपमा हुने हुदा बैकले निरन्त आफ्नो सेवा प्रदान गर्नुपर्ने भन्दै बैकको शाखा विस्ताको बधाई व्यक्त गर्नुभएको थियो । शाखा उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाले बैकलले दिने सेवा सुविधाको बारेमा जानकारी दिनुभयो । रिजालले हाल सम्म एन.आई.सी.एशिया बैंक लिमिटेडले आइ टच , मोबाइल बैंकिङ,एटिएम लगायतका विभीन्न सेवा सुविधाहरु प्रदान गर्दै आएको जानकारी दिनुभयो । बैंकको प्रधान कार्यालय काठमाडौमा रहेको छ । यस बैंकका कावासोतीे शाखामा प्रबन्धक तिलक राम खनाल रहनुभएको छ ।
तपाइँको प्रतिक्रिया