एफबीआईद्धारा अमेरिकी पूर्व राष्ट्रपतिको घरमा छापा

श्रावण २४
अमेरिकी पूर्व राष्ट्रपतिको आलिशान पाम हाउस र रिसोर्ट मार–ए–लिगोमा मंगलबार बिहान छापा मारेको छ ।
अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले उक्त छापा मारेको छ ।
न्यूयोर्क टाइम्सका अनुसार एफबीआई एजेन्टले ट्रम्पको घर घेरा हालेर छापा मारिरहेका छन् ।
ट्रम्पका दुई नजिकका साथीहरूले न्युयोर्क टाइम्सलाई दिएको जानकारी अनुसार कुनै पनि सूचना बिनै छापा मारिएकाले ट्रम्प निवासमा थिएनन्। उनी हाल न्यू जर्सीमा रहेको बताइएको छ ।
यसैबीच ट्रम्पले आफ्नो घरमा पूर्व जानकारी बीना नै छापा मार्नु आवश्यक नरहेको दाबी गरेका छन् । ट्रम्पले अमेरिकी राष्ट्रपतिसँग यस्तो व्यवहार कहिल्यै नभएको बताए। उनले न्याय व्यवस्थालाई हतियारको रूपमा गलत प्रयोग भएको बताए ।
‘यो हाम्रो मुलुकको कालो दिन हो’, ट्रम्पले एक विज्ञप्ति जारी गर्दै भनेका छन् ।
उनले आफूलाई आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्नबाट रोक्नको लागि प्रशासनले बल प्रयोग गर्ने काम गरिरहेको उल्लेख गरेका छन्। उनी सन् २०२४ को निर्वाचनको लागि तयारी गरिरहेका थिए ।
ट्रम्पले गत वर्ष ह्वाइटहाउस छाड्दा आफूसँग केही महत्वपूर्ण कागजपत्र लिएर गएको आरोप लागेको छ। यी कागजातहरू धेरै ठूला बाकसमा मार–ए–लिगोमा लगिएको भनिदै आएको छ ।
त्यसयता अमेरिकी गुप्तचर एजेन्सीहरूले ट्रम्प र उनका नजिकका सहयोगीमाथि नजर राखिरहेका थिए ।
तपाइँको प्रतिक्रिया