एमाओबादीद्वारा नेता बाबुराम भट्टराईलाई पार्टी परित्यागको निर्णयमा पुनर्विचार गर्न आग्रह

एकीकृत नेकपा माओवादील पार्टी नेता बाबुराम भट्टराईले पार्टी परित्याग गर्नु ठीक निर्णय नभएको भन्दै निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ ।
प्रचण्ड निवास लाजिम्पाटमा आईतबार बसेको एकीकृत माओवादी स्थायी कमिटि बैठकले संविधान जारी भई लागू नै हुन नपाएको अवस्थामा नेता भट्टराईले पार्टी परित्याग गर्नु उचित कदम नभएको निष्कर्ष निकालिएको हो । यसैगरी बैठकले भारतले नेपालमाथि अघोषित नाकाबन्दी गर्नु ठीक ब्यवहार नभएको निष्कर्ष निकालेको छ । असल छिमेकीको हैसियतले नेपालप्रति असल व्यवहार गर्न एमाओवादीले आग्रह गरेको हो । नेपालको आधिकारिक स्तरमा गरिने कुनै पनि निर्णयलाई छिमेकी राष्ट्रले स्वागत गर्नुपर्नेमा वैठकले जोड दिएको छ । बैठकले तराईका आन्दोलन पक्षसँग प्रमुख तीन पार्टीको पहलमा वार्ता गरि सहमति खोज्ने निर्णय पनि गरेको छ ।
तपाइँको प्रतिक्रिया