एमाओवादीका प्रवक्ता दिनानाथ शर्माले नव गठित सरकारले मधेशी दलको आन्दोलनलाई सम्वोधन गर्ने बताए

एकीकृत माओवादीका प्रवक्ता दिनानाथ शर्माले नव गठित सरकारले मधेशी दलको आन्दोलनलाई सम्वोधन गर्ने वताउनुभएको छ । विहिवार तम्सरीया नयाँ वेल्हानी र रामनगर गाँउ कमिटिद्धारा मध्यविन्दु नगरपलिका ७ चोरमारमा आयोजित विजयादशमी तथा शुभ दिपावलिको शुभकामना आदान प्रदान तथा अन्र्तक्रीया कार्यक्रममा वोल्दै प्रवक्ता शर्माले यस्तो वताउनुभएको हो । शर्माले देशमा भईरहेको आन्दोलनको समस्या समाधानका निम्ति नै यो सरकार गठन भएको भन्दै मधेसि मोर्चाको मागलाई संसोधन प्रश्ताव पेश गरेको गरेर संम्वोधन गर्ने वताउनुभयो । शुभकामना तथा अन्र्तक्रीया कार्यक्रम एकिकृत माओवादि तम्सरीया गाँउ कमिटिका अध्यक्ष केदार पराजुलिको अध्यक्षतामा सम्पन्न भएको हो ।
तपाइँको प्रतिक्रिया