एमाओवादी का तर्फबाट नन्दकिशोर पुनलाई उपराष्ट्रपति पदमा उम्मेदवार बनाउने निर्णय
एकीकृत नेकपा (माओवादी)ले स्थायी समिति सदस्य नन्दकिशोर पुनलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा आज बिहान बसेको स्थायी समिति बैठकले नेता पुनलाई उपराष्ट्रपति पदमा उम्मेदवारी उठाउने सर्वसम्मत निर्णय गरेको महासचिव कृष्ण वहादुर महाराले जानकारी दिनुभयो । स्रोतका अनुसार एमाओवादी अध्यक्ष दाहालले नेता पुनलाई नै उपराष्ट्रपति बनाउने प्रस्ताव गर्नुभएकामा सबै नेताले समर्थन जनाउनुभएको थियो ।
तपाइँको प्रतिक्रिया