एमालेको घर दैलो अभियान

बिबेक भण्डारी २२, संविधान कार्यन्वयनको लागि भन्दै मेचिमहा कालि अभियानमा लागेको नेकपा एमालले अभियान सुरु गरे संगै जिल्लाका विभिन्न स्थानमा एमालले घर दैलो अभियान पनि सुरु गरेको छ। राष्ट्रिय एकता , संमृद्धि र स्वाभिमान संविधान कार्यन्वयनका लागि एमालेको अभियान भन्ने नारा सहित आयोजना गरेको अभियान अन्तरगत आइतवार देवचुलि १ , २ र४मा घर दैलो अभियान गरेको हो । शनिवार काकडभित्ताबाट सुरु गरिएको अभियानका बारेमा जानकारी दिन आफुहरुले घर दैलो अभियान सुरु गरिएको नेकपा एमाले जिल्ला कमिटिका सदस्य एवम देवचुलि १ , २ र४घर दैलो कार्यक्रमका संयोजक सुर्यप्रसाद पोख्रेलले बताउनुभयो । १५ दिने अभियानमा तराईका २२ जिल्लालाई समेटने गरी ३५ स्थानमा आमसभा आयोजना गरिने एमालेले जनाएको छ । २८ गते मेचिमहाकालि अभिया अन्तरगतका टोलिहरु न्वलपरासीको कावासोती आउने कार्यक्रम रहेको पोख्रेलले बताउनुभयो । एमालेलाई मधेश विरोधी पार्टीका रुपमा प्रचार गरिएको र यसलाई चिर्न अभियान थालिएको एमालेको भनाई छ । झापाबाट शुरु भएको अभियान अन्तिम दिन सुर्खेतमा जनसभा गरेर टुंगाउने कार्यतालिका बनाइएको छ ।
तपाइँको प्रतिक्रिया