एमालेको मतदान सकियो

चितवन, १४ मंसिर । नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचन सकिएको छ । निर्वाचनमा करिब २ हजार ८० भन्दा बढी मत खसेको केन्द्रीय निर्वाचन समितिका एक सदस्यले जानकारी दिए ।
निर्वाचनमा विद्युतीय मेसिन प्रयोग गरिएकाले मत परिणाम छिटो सार्वजनिक हुने अपेक्षा छ ।
मंगलबार बिहान चार बजेदेखि मतदान सुरु भएको थियो । चितवनको सौराहमा जारी बन्दसत्रमा मत खसाल्न एमाले प्रतिनिधिहरु रातभर जाग्राम बसेका थिए । प्रतिनिधिहरुको लाइनमै पुगेर उम्मेदवारहरूले भोट मागेका थिए ।
तपाइँको प्रतिक्रिया