एमाले अध्यक्षमा केपी ओलीको मनोनयन दर्ता

चितवन, १३ मंसिर । नेकपा (एमाले) मा अन्तत निर्वाचन हुने भएको छ ।
अध्यक्षमा भीम रावलले उम्मेदवारी दिएपछि अध्यक्ष केपी शर्मा ओलीले पनि मनोनयन दर्ता गराएका छन् । एमालेमा सर्वसम्मतबाटै नेतृत्व चयनको प्रयास गरिएको थियो ।
अध्यक्षमा भीम रावल र उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिएपछि ती पदमा चुनाव हुने भएको हो ।
ओलीलाई विष्णु प्रसाद पौडेलल प्रस्ताव गरेका छन् भने शंकर पोखरेलले समर्थन गरेका छन् । यसअघि अध्यक्ष पदका लागि नेता भीम रावलले उम्मेदवारी दर्ता गराएका थिए । रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दुधकला बिष्टले समर्थन गरेकी छन् ।
रावल र भुसालले सोमबार बिहान उम्मेदवारी दर्ता गराइसकेका छन् । अध्यक्ष ओलीले आइतबार राति आफ्नो नेतृत्वमा नयाँ पदाधिकारीको नाम घोषणा गरेका थिए । उक्त सूचीमा भीम रावल र भुसालको नाम थिएन ।
तपाइँको प्रतिक्रिया