एमाले अध्यक्ष ओली प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटारमा

भाद्र ८, काठमाण्डौं
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न आज बिहान अध्यक्ष ओलीसहित नेताहरू बालुवाटार गएका हुन् ।
उनीहरूबीच अहिले भेटवार्ता जारी छ ।
नागरिकता विधेयक र मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन लगायत समसामयिक राजनीतिक घटनाक्रमबारे प्रधानमन्त्री देउवा र ओली बीच छलफल हुने कार्यक्रम रहेको छ ।
सरकारले प्रतिपक्षी दलसँग छलफल नगरी अघि बढेको प्रमुख प्रतिपक्षी एमालेका नेताहरूले बताइरहेका छन् ।
चुनावको मिति घोषणा गर्दा, अध्यादेशहरु ल्याउँदा पनि प्रतिपक्षी दलसँग परामर्श नगरिएको आरोप एमालेको आरोप रहेको छ ।
प्रतिपक्षी दलका नेता ओलीलाई प्रधानमन्त्री देउवाले टेलिफोन गरे पनि त्यसबेला सम्पर्क हुन नसकेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिक्रिया दिएका थिए ।
तपाइँको प्रतिक्रिया