एमाले गैँडाकोटको नयाँ नेतृत्व चयन गर्न भोलि चुनाब, अध्यक्षमा उपाध्याय र लामिछानेको मात्रै उम्मेद्वारी दर्ता ।

गैँडाकोट, १६ कार्तिक ।
नेकपा एमाले गैँडाकोटको नयाँ नेतृत्व चयनका लागि बुधबार मतदान हुने भएको छ । सर्वसहमतिबाट नेतृत्व छान्ने कसरत असफल भएपछि मतदानकोे माध्यमबाट नयाँ नेतृत्वको छिनोफानो गरिने भएको एमाले गैँडाकोट इन्चार्ज यमुनाथ आचार्यले जानकारी दिनु भयो । मतदानको लागि निर्वाचन समितिले आज आधिकारिक रुपमा अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिवका आकांक्षीहरुले मनोनयन दर्ता गराएको छ । एमालेको अध्यक्ष पदका लागि गिरीराज उपाध्याय र षडानन्द लामिछानेको मात्रै उम्मेदवारी परेको आचार्यले जानकारी दिनु भयो । अन्यले उम्मेदवारी फिर्ता लिएका छन् । यस अघि अध्यक्ष पदमा ६ जनाले उम्मेदवारी दिने भन्दै निर्वाचन मण्डललाई चिट थमाएका थिए ।
उपाध्यक्ष पदका लागि देविदत्त कंडेल, नवराज कंडेल, रेखा पौडेलको मात्रै उम्मेद्वारी परेको छ । सचिवमा जगन्नाथ पौडेल र कमल तिवारीको उम्मेदवारी परेको छ भने उप सचिवमा ६ जनाको उम्मेद्वारी परेको छ । खेम नारायण लम्साल, विमल शर्मा, नरबहादुर थापा, श्रीराम सुवेदी, कोकिसरा रानामगर र नेत्रराज सापकोटाको उप सचिवमा उम्मेद्वारी परेको आचार्यले जानकारी दिनु भएको हो । गैँडाकोटको शिख्रौली मध्यवर्ती उपभोक्ता समूहको कार्यालय नजिकैको खुला चौरमा भोलि विहान ८ वजेबाट हुने मतदानमा नयाँ नेतृत्व चयनका लागि ४५६ जना प्रतिनिधिहरुले भोट हाल्नेछन् ।
तपाइँको प्रतिक्रिया