एमाले महाअधिवेशन : गैँडाकोटमा आज मोटरसाइकल र्याली गरिने

नवलपुर । नेकपा (एमाले) को दशौँ महाधिवेशनको प्रचारप्रसारका लागि गैँडाकोट नगरपालिकामा आज मोटरसाइकल र्याली गरिने भएको छ ।
राष्ट्रिय युवा संघ नेपालले महाधिवेशनको प्रचारका लागि गैँडाकोटमा मोटरसाइकल र्याली गर्ने भएको हो । मंसिर १० मा चितवनको नारायणी नदी किनारमा हुने महाधिवेशन प्रचारप्रसारका लागि सोमबार युवा संघले मोटरसाइकल र्यालीको आयोजना गर्न लागेको हो।
गैँडाकोट नगरपालिका वडा नं.९ थुम्सी बजारमा विहान ११ वजे भेला भएर मोटरसाइकल र्याली निस्कने तयारी भएको राष्ट्रिय युवासंघ नेपालका नगर अध्यक्ष विनोद कंडेलले जानकारी दिए । मोटरसाइल र्यालीमा सहभागि हुन युवासंघले पार्टि तथा जनवर्गीय संगठनका साथै शुभेच्छुक सबैलाइ आग्रह गरेको छ । गैँडाकोट नगरका विभिन्न भागहरु परिक्रमा गर्दै महाधिवेशनस्थल नारायणी नदी किनारमा पुगेर र्याली समापन हुने राष्टिय युवासंघका जिल्ला अध्यक्ष कृष्ण कंडेलले बताए ।
तपाइँको प्रतिक्रिया