एमाले महाअधिवेशन : १९ सय प्रतिनिधिलाई मतदानबारे चितवनमा तालिम दिइने

काठमाडौं, मंसिर २ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को १०औँ महाधिवेशनमा विद्युतीय मतदान हुन लागेको छ । पहिलो पटक हुन लागेको विद्युतीय मतदानको लागि एमालले १९ सय प्रतिनिधिलाई चितवनमा तालिम समेत दिँदैछ ।
१०-१२ मंसिरमा चितवनमा महाधिवेशन तय भएपछि नेताहरू चितवन पुगेका छन् ।अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनका तयारीका साथ मञ्च व्यवस्थापनका कार्य सुरु भएको छ । उद्घाटनमा झन्डै ५ लाख नागरिकको सहभागिता हुने एमाले नेताहरूले आँकलन गरेका छन् ।
महासचिव तथा जनपरिचालन कमिटीका संयोजक सुरेन्द्र पाण्डेका अनुसार नारायणी किनारमा मञ्च बनाएर महाधिवेशनलाई भव्य बनाउने र पाँच लाख मानिस उतार्ने लक्ष्यसहित काम अघि बढाइएको छ ।
जसअनुसार चितवनबाट ७५ हजार, नवलपुरबाट ५० र लुम्बिनी प्रदेशबाट ७५ हजार मानिस उतार्ने लक्ष्यसहित वडा तहमा जनपरिचालन गरेको एमालेले देशैभरबाट पाँच लाख मान्छे उतार्ने तयारी गरेको हो ।
१० गते उद्घाटन भएपछि ११ गते सौरहामा बन्दसत्र आयोजना हुनेछ । एमालले निर्वाचन प्रक्रिया भने १२ मंसिरबाट मात्रै सुरु गर्नेछ ।
तपाइँको प्रतिक्रिया