एमाले महाधिवेशनको प्रभाव : गैँडाकोटमा पाईला चाल्नै सकस

गैँडाकोट, १० मंसिर । चितवनको नारायणी किनारमा सञ्चालन भइरहेको नेकपा एमालेको १० औँ महाधिवेशनको प्रभाव गैँडाकोटमा परेको छ । जसले गर्दा गैँडाकोट नगरपालिका स्थित कांग्रेस चोकसडकमा बढ्दो जामका कारण मानिस समस्यामा परेका छन् ।
नेकपा एमालेको महाधिवेशनमा सहभागी हुन बाहिरी जिल्लाहरुबाट बिहानै गाडी रिजर्भ गरि आएका सर्वसाधारणहरु सडकमा बढ्दो जामका कारण महाधिवेशन उदघाटनस्थल नारायणी नदिकिनार क्षेत्र पुग्नै सकस भएको छ ।
नदिकिनार पुग्न नसकेपछि कोही सर्वसाधरणहरु फर्किरहेका छन् भने फर्किने या नदि किनार आउनेमा अलमल छन् । अत्यन्त जामका कारण अत्यावश्यक सवारी साधनहरु समेत चल्न सकेका छैनन् ।
पुर्वपश्चिम राजमार्गमा सर्वसाधारण अलपत्र छन् । उनीहरु २ मिनेटमै पुग्ने ठाउँमा १ घण्टा बढी समय व्यतित हुँदा पनि सडक पार गर्न सकेका छैनन्।
तपाइँको प्रतिक्रिया