एमाले महाधिवेशन : आज सर्वसम्मत नेतृत्व चयन हुने, कस्तो बन्ला नयाँ नेतृत्व ?

चितवन, १२ मंसिर । चितवनमा पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत सौराहमा भइरहेको बन्दसत्रले आज सर्वसम्मत नेतृत्व चयन गर्ने भएको छ । नेकपा एमालेको सर्वसम्मत नेतृत्व चयनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई सम्पूर्ण अधिकार दिइएको छ । एमालेले यसपटक नयाँ नेतृत्व सर्वसम्मतिले गर्ने प्रयास गरिरहेको छ ।
साथै नेताहरुले पनि सहमतिमै नेतृत्व चयन हुने बताएका छन् । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार पदाधिकारीसहित सम्पूर्ण केन्द्रीय सदस्यहरु सहमतिमै टुंगिने भएका छन् । आज नयाँ नेतृत्व चयन गर्दै महाधिवेशन समापन हुने छ ।
नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत हिजोको बन्दसत्रले शुक्रबार चितवनको सौराहामा बसेको केन्द्रीय कमिटीको १५ औँ बैठकले गरेको प्रस्ताव पारित गरेको छ ।
दशौँ महाधिवेशनकोे बन्दसत्रमा संगठन विभाग प्रमुख विष्णु पौडेलले प्रस्तुत गर्नु भएको प्रस्तावलाई बन्दसत्रले सर्वसम्मतिले पारित गरेको महाधिवेशन प्रचार कमिटीका संयोजक योगेश भट्टराईले बताउनु भयो । आज बिहान १० बजेबाट बन्दसत्र शुरु हुँदै छ ।
तपाइँको प्रतिक्रिया