एमाले महाधिवेशन : उपाध्यक्षमा घनश्याम भुसाल पराजित

काठमाडौं । घनश्याम भुसाल नेकपा एमालेको उपाध्यक्षमा पराजित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मतिका लागि पेस गरेको सूचीमा असहमति जनाउँदै उपाध्यक्षमा उम्मेदवारी दिएका भुसालले निर्वाचनमा पराजित भएका हुन् ।
एमाले निर्वाचन आयोग स्रोतका अनुसार भुसालको पक्षमा ७२५ मत आएको छ । यो अन्य उम्मेदवारको तुलनामा निकै कम हो ।
तपाइँको प्रतिक्रिया