एमाले महाधिवेशन : भीम रावलको पर्चा बाड्नेलाई बन्दसत्र प्रवेशमा रोक

चितवन, १२ मंसिर । नेकपा एमालेको १० औँ महाधिवेशन अन्तर्गत चितवनको सौराहमा बन्दसत्र चलिरहेको छ ।
बन्दसत्रमा महाधिवेशन प्रतिनिधिहरु प्रवेश गर्ने क्रममा स्वयंसेवकहरुले केही विषयमा कडाइ गरेका छन् । बन्दसत्र आयोजनास्थलभन्दा बाहिर भने कतिपयले एमालेको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका भीम रावलको पर्चा बाँड्ने गरेका छन् ।
चुनाव प्रचारसम्बन्धी पर्चा बोकेर कसैलाई पनि बन्दसत्रभित्र प्रवेश गर्न दिइएको छैन । स्रोतका अनुसार मनोनयनपत्र दर्ता नै नभएका कारण पर्चा बोकेर बन्दसत्रभित्र प्रवेशमा रोक लगाइएको हो । स्वयंसेवकहरुले त्यस्ता पर्चा खोसेरमात्र बन्दसत्र आयोजनास्थलभित्र प्रवेश गर्न दिएका छन् ।
तपाइँको प्रतिक्रिया