एमाले सचिवमा उम्मेदवारी दिने शेरधन राईको घोषणा

काठमाडौँ, ९ मंसिर । नेकपा एमालेका नेता शेरधन राईले सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
नयाँ नेतृत्व चयनका लागि एमालेको दशौं महाधिवेशन भोलि (शुक्रबार) देखि चितवनमा शुरु हुँदैछ । एमाले पोलिटव्यूरो सदस्य एवं प्रदेश–१ का पूर्व मुख्यमन्त्री राईले सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका छन् ।
एमाले केन्द्रीय सदस्य एवम् पूर्वमुख्यमन्त्री शेरधन राईले आफू सचिवको दाबेदार रहेको बताएका छन्।
त्यस्तै उनले पार्टीमा सहमतिको लागि प्रयास हुँदा पनि आफ्नो दाबी सचिवमै रहने र निर्वाचन भएमा पनि सचिवमा नै उम्मदवारी दिने उनले बताए।
तपाइँको प्रतिक्रिया