एम्बुलेन्सलाई ट्रिपरले ठक्कर दिँदा विरामीको आफन्तको मृत्यु

राजेन्द्र आचार्य,
२ असोज, चितवन । चितवनको टिकौली जंगलमा आइतबार दिउँसो तीन वटा सवारी साधन एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
दिउँसो ट्रिपर, कुखुराको चल्ला बोक्ने बोलेरो र एम्बुलेन्स ठोक्किँदा एम्बुलेन्समा सवार विरामीका आफन्त रत्ननगर १ का बर्ष ३३ का माधव चौधरीको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्व गइरहेको ना ६ ख ४५७३ नम्बरको ट्रिपरले सोही दिशामा गइरहेको ग २ च १२७१ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिएको थियो । सोही स्थानमा बा ११ च ८०४७ नम्बरको कुखुराको चल्ला बोक्ने भ्यान पनि फेरि ठोक्किएको थियो ।
दुर्घटनामा ४ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा एम्बुलेन्स चालक तनहुँ जिल्ला देवाघट ३ का बर्ष ३० का उत्तमकुमार झुजेल र चितवन जिल्ला खैरहनी निवासी बर्ष ४२ का केबल महत्तोको कलेज अफ मेडिकल साईन्सेज् (पुरानो मेडिकल कलेज) मा र बोलेरो चालक चितवन जुटपानी ४ का ३५ बर्षका खेमबहादुर गुरुङ्ग र चितवन घर भएका ४० बर्षका नथुराम दराईको चितवन मेडिकल कलेज (नयाँ मेडिकल कलेज) मा उपचार भईरहेको पठाइएको जिल्ला प्रहरी प्रमुख बसन्त कुँवरले जानकारी दिए ।ट्रकले एम्वुलेन्सलाई ठक्कर दिदा पछि अनियन्त्रीत हुँदा पछाडीबाट आउँदै गरेको कुखुरा वोक्ने बा १ च ८०४७ नम्वरको वोलेरो ट्रकमा ठोकिन पुगेको थियो ।
घटना कसरी भएको हो भन्नृे सम्बन्धमा एक टोली नै घटनास्थालमा पुगी अनुसन्धान गरिरहेको छ । यस अघि गत साता मात्रै पूर्वी चितवनको पिप्लेमा पनि यस्तै घटना भएको थियो ।
तपाइँको प्रतिक्रिया