एसईई भौतिक उपस्थितिमै गर्ने सम्भावना न्युन छ, विकल्पका विषयमा छलफल भइरहेको शिक्षामन्त्री श्रेष्ठको भनाई

१० जेठ, काठमाडौं ।
शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यो वर्षको एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन रहेको बताउनु भएको छ । उहाँले यसको विकल्पका विषयमा छलफल भइरहेको बताउनु भयो । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै मन्त्री श्रेष्ठले एसईई र कक्षा १२ को परीक्षाको विषयमा मन्त्रालयले यही महिनाभित्र निर्णय लिने बताउनु भएको हो ।
उनले आर्थिक वर्ष २०७८–०७९ मा शिक्षा क्षेत्रमा बजेट बढ्न सक्ने बताउनु भएको थियो । ‘।अनेरास्ववियुले ज्ञापनपत्रमा विद्यालय तहको परीक्षा वैकल्पिक विधिबाट तत्काल सम्पन्न गरी असार १ गतेदेखि नया शैक्षिकसत्र शुरु गर्न माग गरेको छ । त्यस्तै सबै विद्यार्थीको पहुँच पुग्ने गरी अनलाइन माध्यमबाट नियमित पठनपाठन सुनिश्चित गर्नुपर्ने, भौतिक उपस्थितिमा पढाइ नहुँदासम्मको अवधिको शिक्षण शुल्क मिनाहा गर्नुपर्ने लगायतको माग राखेको छ ।
तपाइँको प्रतिक्रिया