एस.एल.सी मा दृष्टी विहिनमध्य नवलपरासीका वाग्ले सर्वोत्कृष्ट भएको दावी

नवलपरासी, असार ५,नवलपरासिको देवचुलि नगरपालिका ३ केउरेनिका सौगात वाग्लेले दृष्ट्रिविहिन विद्यार्थी मध्य नेपालकै सर्वोत्कृट नतिजा ल्याएको दावी गरेका छन् ।।यस बर्षको एसएलसि(प्रवेशिका परिक्षा)मा लेटर ग्रेडिङ (जि.पी.ए) अनुसार उहाले ए पलस ३.८० जिपिए ल्याएर सफल हुनुभएको हो । पोखराको रहेको अमरसिंह नमुना उच्च मा वि.वाट एस.एल.सी परिक्षामा सामेल हुनु भएको थियो । वाग्लेले जति दृष्ट्रिविहिन विद्यार्थी मध्य अरु कसैले दावी नगरेकाले पनि दृष्टि विहिनमध्य सर्वोत्कृष्ट भएको विद्यालयका प्राचार्य तेजस्वी वरालले दावी गर्नु भएको छ । । २०५८ साल बैशाख २८ गते जन्मनुभएको वाग्लेले प्रारम्भिक शिक्षा ब्रेल नपढि उहाको क्षमताको आधारमा १,२ नपढि सैधै ३ कक्षा बाट शुरु गरेको जानकारी दिदै एस.एल.सी परिक्षामा छोराले उत्कृट नतीजा ल्याउदा गर्भानुभुत भएको वाग्लेका आमा सरस्वती अर्याल वाग्ले वताउनु भयो । वाग्लेको घरमा बाबा,आमा,दिदि,भाई र आफु गरि ५ जनाको परिवार रहेको छ । वाग्लेको भाई लाई पनि दृष्टिमा केहि समस्या रहेको छ । सौगातले अब व्यवस्थापन संकाय पढने आफ्नो योजना रहेको बताउनुभयो । छोराको भविष्यको लागि संघ संस्थाको सहयोग पाए छोराको इच्छा अनुरुप सौगातलाई काठमाडौमा व्यवस्थापन पढाउने आमाले वताउनु भयो ।
तपाइँको प्रतिक्रिया