ओलीको चुनौती– सके मलाई हटाउ,नसके मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाऊँ

काठमाण्डौँ, ७ जेठ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरूलाई वैकल्पिक सरकार बनाउन चुनौती दिनु भएको छ । वैकल्पिक सरकार बने आफू प्रतिपक्षमा बसेर सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको प्रधानमन्त्रि ओलीले भन्नु भयो ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्नु अपरिहार्य भएको बताउनु भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले संविधानको धारा ७६(५) अनुसार सरकार गठन अपरिहार्य रहेको बताउनु भएको हो । उहाँले जेठ १५ गते बजेट र त्यसभन्दा अगाडि नीति तथा कार्यक्रम ल्याउनुपर्ने बताउदैै संविधान अनुसार मार्गप्रशस्त गर्नु समयको चाप र परिस्थितिका हिसाबले उचित मात्र नभई अपरिहार्य भएको बताउनु भयो ।
‘वैकल्पिक सरकार बनाए भयो, वैकल्पिक सकार बने म स्वागत गर्छु,’ बालुवाटारमा सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले भन्नु भयो, ‘तपाईँहरू वैकल्पिक सरकार बनाउनुहोस् मेरो रचनात्मक सहयोग रहने छ ।’ ओलीले आफूले आजै कांग्रेस सभापति शेबहादुर देउवालाई फोन गरेर राष्ट्रिय सरकार मिलेर बनाउन आग्रह गरेको समेत बताउनु भयो । प्रधानमन्त्री ओलीले आफूलाई सर्मथन गरे संसद विघटन नहुने समेत बताउनु भएको छ ।
तपाइँको प्रतिक्रिया