कण्डेलमाथी शुक्रबार नवलपरासीमा भएको आक्रमण बास्तबीकता नभएको आरोप

पुरुषोत्तम सुबेदी,परासी, १४ कार्तिक । पुर्व गृहराज्य मन्त्री एवं नेपाली कांग्रेसका नेता देवेन्द्रराज कण्डेलमाथी शुक्रबार नवलपरासीमा भएको आक्रमण बास्तबीकता नभएको आरोप लगाईएको छ । कण्डेलमाथी आक्रमणको प्रयास गरेको भनिएका भारत ठुठीबारीका उज्जवल गडतौलाकी श्रीमती सुनिता गडतौलाले आज परासीमा पत्रकार सम्मेलनका आयोजना गरी सो घटनामा आफ्ना श्रीमान उज्जवललाई निराधार आरोप लगाई फसाउन खोजीएको बताईन् ।कण्डेल र गणतौला बिच ठुठीबारी स्थित राधाकुमार ईन्टर केलजको ब्यवस्थापन समितीको अध्यक्ष ( प्रबन्धक ) पदकालागी बिबाद रहदै आएको पत्रकार सम्मेलनमा गडतौलाकी श्रीमती सुनिता गडतौलाले बताईन् । तर नवलपरासीको बडहरादुबैलीया ३ स्थित ललीतपुर गाउंमा आफुलाई हतियार सहित आक्रमणको प्रयास भएकोमा आफु र आफ्नो अङ्ग रक्षकले प्रतिकार गरेपछि आफु जोगिन सफल भएको कण्डेलले दाबी गर्दै आएका छन् ।प्रहरीले कण्डेल माथी आक्रमणको प्रयास गरेको भन्दै ६ राउण्ड गोली र एक थान पेस्तोल साथै केही लागु औषध सहित गडतौला र महाराजगन्ज राजाबारीका जोगेन्द्र पटेललाई प्रहरीले नियन्त्रणमा लिएको हो । गडतौला भारत र नेपाल दुबै देशको नागरिकता लिएको ब्यक्ती हुन् । तर प्रहरीले भने लागु औषध र हतियार सहित नियन्त्रणमा लिएका यसमा थप अनुसन्धान भईरहेको बताएको छ ।
तपाइँको प्रतिक्रिया