कन्टीनेन्टलमा सकियो ४ दिने उद्घोषण तालिम

गैँडाकोट, ७ जेष्ठ । नवलपरासीको गैडाकोट २ मा रहेको कन्टीनेन्टल ईंग्लीस बोर्डीङ उच्च माध्यमीक बिद्यालयमा चार दिने उद्घोषण तालिम सम्पन्न भएको छ । बिद्यार्थीको सर्वाङगीण विकासका उद्घोषण तालीमको आयोजना गरिएको थियो । पढेका कुरा समाजमा गएर प्रस्तुत गर्ने कलाको विकास विद्यार्थीमा भएमा समाज परिवर्तन गर्न मद्धत पुग्ने विद्यालयका प्राचार्य श्रीहरी चालिसेले बताउनुभयो । चार दिनको तालिमको सन्दर्भमा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न निरन्तर प्रयास गरेमा विद्यार्थीहरुमा उद्घोषण कलाको विकास हुने तालिमका प्रशिक्षक विजय एफ एमका समाचार प्रमुख तथा विजय खबर पत्रिकाका कार्यकारी सम्पादक श्रीधर उपाध्यायले बताउनुभयो । विद्यार्थीहरुलाई उद्घोषणकला, उद्घोषकमा हुनुपर्ने गुण, आत्मविश्वस कसरी बढाउने र औपचारिक कार्यक्रम सञ्चालनका विषयमा जानकारी दिइएको थियो । तालिममा सहभागि विद्यार्थीहरुले तालिमले आफूहरुमा आत्मविश्वास बढाएको बताएका छन् । जेष्ठ २ गतेबाट सुरु भएको तालीममा ५० जना भन्दा बढि बिद्यार्थीको सहभागीता रहेको थियो ।
तपाइँको प्रतिक्रिया