कन्टेनरले ठक्कर दिँदा एक वृद्धको मृत्यु

चितवन ८,भरतपुर उपमहानगरपालिका–१ स्थित पोखरा बसपार्कमा आइतवार बिहान कन्टेनरले ठक्कर दिँदा एक जना वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार अन्दाजी ६५ वर्षीय मृतकको सनाखत हुन सकेको छैन । कट्टु र सट लगाएका मृतक मागेर सडकमा जीवनयापन गर्दै आएका हुनसक्ने प्रहरीको अनुमान छ । ठक्कर दिने कन्टेनर भागेको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । बिहान ५ः३० बजे सो दुर्घटना भएको हो ।
तपाइँको प्रतिक्रिया